सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सार्कका नवनियुक्त महासचिवबाट शिष्टाचार भेट

  आज मिति २०७७ साल असार २३ गते, मंगलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव H.E. ESALA RUWAN WEERAKOON ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र यस संगठनको महत्वका ’boutमा सम्माननीय राष्‍ट्रपतिज्यूले जोड दिनुभएको थियो ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७७ साल असार १५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यको लागि सङ्‍घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था  गर्न बनेको विधेयक २ नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ३ राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक ४ ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक ५ केही Read More …

“कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” लाई सहयोग प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष“ लाई आफ्नो दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुने व्यहोरा जानकारीको लागि अनुरोध छ । मिति २०७६ चैत १० गते, सोमबार (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट फाल्गुनन्द जयन्तीको अवसरमा व्यक्त शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्द जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा उच्च कदर गर्दै सरकारले उहाँलार्इ राष्ट्रिय विभूति घोषणा समेत गरेको छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा लगायतका पूर्वी पहाडी जिल्लाहरुमा धार्मिक अनुष्ठान, पूजापाठ लगायतका कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ। फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास मैले लिएको छु।    अन्तमा, राष्ट्रगौरव राष्ट्रिय विभूतिको Read More …