सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. Masashi OGAWA बाट विदाई भेट

आज मिति २०७५ साल बैशाख २७ गते विहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. Masashi OGAWA ले विदाई भेट गर्नुभयो । सो अवसरमा जापान र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित जापानी राजदूतावासका अधिकारीको उपस्थिति थियो ।    (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र बेलायतको British Group Inter-Parliamentary Union (BGIPU) का Mr. Nigel Evans MP नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बेलायतको British Group Inter-Parliamentary Union (BGIPU) का Mr. Nigel Evans MP नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित बेलायती महामहिम राजदूत समेतको उपस्थिति थियो ।  (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र गणतन्त्र सर्वियाका First Deputy Prime Minister and Minister of Foreign Affairs, H.E. Mr. Ivica Dačić बाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २३ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र गणतन्त्र सर्वियाका First Deputy Prime Minister and Minister of Foreign Affairs, H.E. Mr. Ivica Dačić ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा सर्विया सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालका लागि गणतन्त्र सर्वियाका गैरआवासीय महामहिम राजदूत समेतको उपस्थिति थियो ।    (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces, General Tarnchaiyan Srisuwan बाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २१ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces, General Tarnchaiyan Srisuwan बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र थाईल्याण्डबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने एवं नेपाली सेना र  थाईसेनाबीच आपसी सहयोग विस्तार गर्ने सम्बन्धमा छलफल भएको थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता