Press Note

सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं २०७३ का अवसरमा मिति २०७३/६/२५ गते मंगलबार विजया दशमीका दिन टीका प्रदान हुने हुँदा सम्माननीय राष्ट्रपतिज्यूको हातबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्री एवम् मन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका माननीय सदस्यज्यूहरु लगायत विशिष्ट महानुभावज्यूहरुलाई अपरान्ह १:०० बजे देखि अपरान्ह २:०० बजे सम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह २:०० बजे देखि अपरान्ह ५:०० बजे सम्मका लागि शीतलनिवासको गेट नं. १ को ढोका खुल्ला रहने व्यहोरा जानकारीका लागि अनुरोध छ ।

UNICEF Executive Director and UN Under-Secretary General बाट शिष्टाचार भेट

आज मिति २०७६ साल कात्तिक १८ गते, सोमबारका दिन   सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका UNICEF Executive Director and UN Under-Secretary General Ms. Henrietta H. Fore ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल तथा संयुक्त राष्ट्र संघबीच आपसी सहयोग बृद्धि गर्ने लगायतका विषयमा छलफल भयो ।    (हरि प्रसाद दहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष Parliament of Ireland का सभामुखबाट शिष्टाचार भेट

आज मिति २०७६ साल भदौ २४ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका Parliament of Ireland का सभामुख Rt. Hon. Sean O Fearghail को नेतृत्वमा आईरिस प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा आयरल्याण्ड सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो।    (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष म्यानमारका Union Minister for Investment and Foreign Economic Relations बाट शिष्टाचार भेट

आज मिति २०७५ साल चैत 15 गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष म्यानमारका Union Minister for Investment and Foreign Economic Relations, H.E.  U Thaung Tun ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा म्यानमार सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. Masashi OGAWA बाट विदाई भेट

आज मिति २०७५ साल बैशाख २७ गते विहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. Masashi OGAWA ले विदाई भेट गर्नुभयो । सो अवसरमा जापान र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित जापानी राजदूतावासका अधिकारीको उपस्थिति थियो ।    (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र बेलायतको British Group Inter-Parliamentary Union (BGIPU) का Mr. Nigel Evans MP नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बेलायतको British Group Inter-Parliamentary Union (BGIPU) का Mr. Nigel Evans MP नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित बेलायती महामहिम राजदूत समेतको उपस्थिति थियो ।  (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र गणतन्त्र सर्वियाका First Deputy Prime Minister and Minister of Foreign Affairs, H.E. Mr. Ivica Dačić बाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २३ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र गणतन्त्र सर्वियाका First Deputy Prime Minister and Minister of Foreign Affairs, H.E. Mr. Ivica Dačić ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा सर्विया सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालका लागि गणतन्त्र सर्वियाका गैरआवासीय महामहिम राजदूत समेतको उपस्थिति थियो ।    (छविन्द्र पराजुली) प्रवक्ता