सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७८’ मा गर्नुभएको सम्बोधन
नातिकाजी स्मृति समाजका अध्यक्ष तथा पदाधिकारीहरू, आज सम्मानित तथा पुरस्कृत हुनुभएका सर्जकहरू, कला र सङ्गीतका साधकहरू, सञ्चारकर्मीहरू, उपस्थित भद्रमहिला तथा सज्जनवृन्द, नातिकाजी स्मृति समाजले आयोजना गरेको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह’मा सहभागी भएर कला, साहित्य र सङ्गीतका अथक साधक एवं विज्ञहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । म यहाँहरू सबैलाई राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्दछु । यस अवसरमा म नेपाली सङ्गीत आकाशका उज्ज्वल नक्षत्रका रूपमा रहनुभएका स्वर्गीय नातिकाजी श्रेष्ठप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । नातिकाजीको स्मृति र सम्मानमा समर्पित आजको कार्यक्रम नेपाली मौलिक गीत-सङ्गीतप्रति पनि समर्पित छ भन्ने मलाई लागेको छ । गीत-सङ्गीतले भौगोलिक Read More …